+

प्रतिस्पर्धात्मक खेलमा कर्णालीमाथि सुदूरपश्चिमको जित

२०८१ असार  १० गते १८:४४ २०८१ असार १० गते १८:४४
प्रतिस्पर्धात्मक खेलमा कर्णालीमाथि सुदूरपश्चिमको जित

१० असार, काठमाडौं । सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको खेलमा कर्णाली प्रदेशलाई ३–१ ले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्ड हलमा सुदूरपश्चिमले कर्णालीलाई २५–२२, १६–२५,२५–२३ र २८–२६ को सेटले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो सेटमा केही कमजोर देखिए पनि तेस्रो र चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्दै सुदूरपश्चिमले आफ्नो पोल्टामा पार्‍यो ।

यसअघि महिलातर्फको खेलमा कर्णाली प्रदेशविरुद्ध कोशी प्रदेशले ३–० को जित हात पारेको थियो । त्यस्तै महिलाकै दोस्रो खेलमा बागमतीले गण्डकीलाई सोझो सेटमा पराजित गरेको हो ।

सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ ।

महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश छ ।

त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् ।

पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।

असार १५ सम्म चल्ने प्रतियोगितामा दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

भलिबल सहाना प्रधान यू १९
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय