+

टेबल टेनिस संघको चुनावी समिति गठन

२०८१ असार  १० गते १८:५८ २०८१ असार १० गते १८:५८
टेबल टेनिस संघको चुनावी समिति गठन

१० असार, काठमाडौंं । अखिल नेपाल टेबल टेनिस संघको कार्यसमिति चुनावका लागि राखेप खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा समिति गठन भएको छ ।

खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्याल सहितको ३ सदस्यीय चुनावी समिति गठन भएको हो ।

बारम्बार तदर्थ समिति बनाउँदासमेत टेबल टेनिस संघको चुनावको मिति घोषणा हुन नसक्दा हाल राखेपले नै चुनावी समिति गठन गरेको हो । तदर्थ समितिको ३ पटकसम्म म्याद थप्दासमेत चुनाव गराउन नसकेपछि टेबल टेनिस संघ कार्यसमिति विना रिक्त अवस्थामा छ ।

संघलाई नियमित बनाउन चुनाव अपरिहार्य रहेको हुँदा चुनावी प्रक्रिया अगाडि बढाउन राखेपले चुनावी समिति गठन गरेको संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राईले बताए । ‘चुनाव गराउन हामीले असार ४ गते पहिलो चरणको बैठक पनि सक्यौं । अब विधानमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने छौं,’ राईले अनलाइनखबरसँग भने ।

छलफलमा राखेप समितिसहित टेबल टेनिस संघका संयोजक चतुरानन्द वैद्य, वरिष्ठ सहायक संयोजक सुदिल शाही र सहायक संयोजक विजेन्द्र हमालको टोली उपस्थित रहेको थियो । बैठकमा चुनावी प्रक्रिया अघि बढाउन विधानको विषयमा छलफल भएको थियो ।

यसअघि सुदिल शाहीको बहुमतीय तदर्थ समितिले बनाएको विधान भने विवादित रहेको छ । जसका कारण विपक्षी रहेका चतुरानन्द वैद्य लगायतले विधानको विरोध गरेका थिए ।

यस विषयमा पनि असार ४ गते बसेको बैठकमा छलफल भएको चन्द्र राईले बताए । ‘हामीले विवादित विधानमा छलफल गर्यौं । पहिले बनिसकेको विधानको विवादलाई सुल्झाउँदै हामी चुनावी प्रक्रिया अघि बढाउने छौं,’ उनले अनलाइनखबसँग भने ।

२०८० साउन ३१ गते निवर्तमान अध्यक्ष चतुरानन्द वैद्यको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । जसको ३ पटकसम्म क्रमशः ३ महिना, २ महिना र ३ महिना म्याद थप गरी संघको चुनाव गराउन नसक्दा राखेपले चुनावी समिति गठन गरेको हो । त्यसयता भने चुनाव र विधानलाई लिएर संयोजक, वरिष्ठ संयोजक र सहायक संयोजकबीच विवाद हुँदा चुनावको जिम्मा स्वयम् राखेप आफैंले लिएको हो ।

हालसम्म राखेपका ६१ खेल संघमध्ये ४१ को चुनावी प्रक्रिया सकिएर कार्यसमिति गठन भएको छ । अन्य भने नवीनकरण नगरिएको राखेपले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय