+
+

चिकित्सा शिक्षा आयोगमा ४ निर्देशक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:०२

१० असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन् ।

प्रा.डा सुदीप आचार्य, प्रा.डा गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा सरला श्रेष्ठले सोमबार नियुक्ति पत्र बुझ्दै कार्यभार सम्हालेका हुन् ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त भएका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले नियुक्ति पत्र दिएको पुष्टि गरे ।

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए । समितिमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य थिए ।

समितिले २०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको थियो । त्यसमध्ये समितिले चार जनाको नाम सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका नामहरुका आधारमा उपाध्यक्षले नियुक्त गर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनमा रहेको छ ।

डा. आचार्य यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्य भएर काम गरेका थिए । उनले चिकित्सा शिक्षा आयोगको विज्ञ समूहमा समेत रहेर काम गरेका छन् ।

यस्तै डा. खनाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार हुन् । डा मरहठ्ठा जनस्वास्थ्य विज्ञ भने हुने डा. सरला महाराजगन्ज नर्सिङ क्याम्पसकी पूर्व प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?