+
+

एमाले नेताहरूको टोली चीन भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:०४
पार्टी उपमहासचिव विष्णु रिमाल

१० असार, काठमाडौं । पार्टी उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू भोलि राति चीन जान लागेका हुन् ।

भ्रमण टोलीमा ३० जना एमाले नेता छन् । ‘मैत्रीपूर्ण सद्‌भावना भ्रमण मध्येकै यो एउटा हो । भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भने ।

उनका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो । ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं । त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ,’ ढकालले भने ।

यो टोलीले १० दिनसम्म चीनको भ्रमण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?