
पार्टी उपमहासचिव विष्णु रिमाल
१० असार, काठमाडौं । पार्टी उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू भोलि राति चीन जान लागेका हुन् ।
भ्रमण टोलीमा ३० जना एमाले नेता छन् । ‘मैत्रीपूर्ण सद्भावना भ्रमण मध्येकै यो एउटा हो । भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भने ।
उनका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो । ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं । त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ,’ ढकालले भने ।
यो टोलीले १० दिनसम्म चीनको भ्रमण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4