+
+

तिलोत्तमाको बजेट २ अर्ब ७६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:१८

१० असार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा अधिकांश पुराना कार्यक्रममा रकम विनियोजन गरिएको छ । कूल वजेट मध्ये चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट थियो । वजेटको आम्दानीतर्फ ३२ करोड ६६ लाख २५ हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको वजेटमा वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट छ ।

नमुना कृषक प्रवद्र्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस पालन, किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरी कृषिमा २ करोड ३७ लाख ७९ हजार विनियोजन गरिएको छ ।

नगर क्षेत्र भित्रका भौतिक पूर्वाधार, सडक नाली तथा बहुउद्देश्यीय भवनको स्तरउन्नती तथा मंगलापुर कान्छिबजार सडक सम्पन्न गर्न ९८ करोड ७१ लाख बजेट बिनियोजन भएको छ ।

युवामैत्री स्थानीय शासन घोषणा, फुटबल, भलिवल तथा क्रिकेट कप आयोजना तथा खेलकुद पूर्वाधार निर्माणका लागि १ करोड ११ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

सामाजिक सुरक्षा, सीप विकास, आय आर्जन, लैङ्गिक मैत्री नगरपालिका निमार्ण, उद्यमशिल नगर, क्षमता विकास तथा सिप विकास तालिम लगायत कार्यक्रममा २ करोड ७९ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?