+
+

सीआईबी गिरीबन्धु टी इस्टेटको उजुरी पर्खेर बसेको छ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:२०

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गिरिबन्धु टी इस्टेटको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो उजुरी पर्खेर बसेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि काण्डको फाइल खोल्न आफू नडराउने बताए ।

‘नेपाल प्रहरीलाई र नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई गिरिबन्धु टी इस्टेटको बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ र केन्द्रीय अनुसन्धान ब्यूरो गिरिबन्धु टी इस्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ’, उनले भने ।

गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरुले गृहमन्त्री गिरिबन्धु टी इस्टेटको फाइल खोल्न डराएको टिप्पणी गरेका छन् ।

सोमबार गृहमन्त्री लामिछानेले कुनै पनि बेलादेखि भएका घटनाहरुको बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको बताए ।

‘कुनै पनि काण्डका विषयमा डराउनुपर्ने नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन, मेरो शीरमा छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?