+
+

संसदमा गृहमन्त्रीको दाबी : दुनियाँको सबैभन्दा दह्रो मुटु भएको मान्छे रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:३६

१० असार, काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुनियाँमा सबैभन्दा दह्रो मुटु भएको मान्छे आफू भएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानलाई राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको विषय, क्यान्टोनमेन्टमा भएको भनिएको घोटालाको विषयमा गृहमन्त्री लामिछाने मौन रहेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लामिछानेले भने, ‘गरिबन्धुको नाम लिनुभएन, क्यान्टोनमेन्टको नाम लिनु भएन भन्नुभएको छ । फेरि मेरो मुटु चेक गर्नुभएको छ । तपाईंसँग मात्रै होइन, कसैसँग पनि म मेरो मुटु जचाउँन तयार छु। मलाई लाग्छ– यो दुनियाको सबैभनदा दह्रो मुटु भएको मान्छे रवि लामिछाने हो । यति भनेपछि थप केही भन्नु पर्दन होला ।’ केही समय पर्खिन पनि उनको आग्रह छ ।

‘अलिकति समयमो मात्रै प्रतिक्षा गरिदिनुहोला । अरु काण्ड पनि तपाईंले भन्दै जानुहोला । जवाफ दिँदै जाउँला । मैले अघि २५ वटा काण्ड बताएँ । कुनै पनि काण्डको छानबिन गर्नको लागि कुनै पनि आपत्ति छैन’ उनले भने ।

आफूलाई मन्त्रालयमा फटाफट फाइल खोलौंला भन्ने लागेको तर, फाइल नै तयार गर्न पर्ने अवस्था रहेकाले केही ढिलो भएको बताए ।

‘मलाई लागेको थियो-फाइलहरु तयार छन् फटाफट खोल्ने हो । तर, फाइल तयार गर्नुपर्ने रहेछ । फाइल तयार गर्न समय लाग्ने भएकाले हो । यो जवाफमा म दायाँबायाँ गर्ने छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?