+
+

पोखरा महानगरको बजेट ७ अर्ब ५१ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:०६

१० असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार १५औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।

चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय राजस्व बाँडफाँडबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगर सभामा जानकारी गराइन ।

नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।

पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जिविकोपार्जन सुधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगनास, शिसुवादेखि शिसाघाट र बिरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, बीपीमार्ग सडक स्तरोन्नतिमा ८ करोड रुपैयाँ विनियोजन भएको छ ।

राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ ।

महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ ।

चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ । महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो ।

१ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ ।

२०७९/८० को लेखा परीक्षण प्रतिवेदनअनुसार ७८ करोड समपरीक्षण गर्न पेस भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?