+
+

वित्तीय स्थायित्वमा समस्या छैन : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:२०
फाइल तस्वीर

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सबल रहेको र वित्तीय स्थायित्वमा समस्या नभएको बताएका छन् ।

नेपाल व्यवस्थापन संघले सोमबार आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकको म्यान्डेट वाह्य क्षेत्र स्थायित्वमा समस्या नरहेको र अहिले वाह्य क्षेत्रको बलियो पक्ष सबैको भएको भन्दै त्यसलाई सबैले प्रयोग गर्न आग्रह गरे ।

वित्तीय स्थायित्व, वाह्य क्षेत्र स्थायित्व र मूल्य नियन्त्रण सबै ठिक अवस्थामा रहेकाले मौद्रिक नीति लचिलो ल्याउने संकेत उनले गरे ।

नीतिगत रूपमा काम गर्ने वातावरण बनाउने र त्यसका लागि तयार रहेको उनको भनाइ छ । ‘सबै बिग्रियो भनेर नकारात्मक सोच राख्ने र कर्मचारी कटौती गरेर निजी क्षेत्र संकुचित हुने भन्दा केही सम्झौता गरेर भए पनि थप रोजगारी प्रदान गरी अर्थतन्त्र चलायमान बनाउन अगाडि सर्नुपर्छ,’ उनले भने ।

त्यसैगरी गभर्नर अधिकारीले निर्माणका काम पनि घटेको र निर्माणको ‘ब्याकवार्ड लिकेज’ ठूलो भएका कारण त्यसलाई अगाडि बढाउन नसकिएको महसुस भएको पनि बताए ।

उनका अनुसार बजेटले त्यसलाई चिर्ने प्रयास गरेको र सोही अनुसार मौद्रिक नीति आएको छ । आर्थिक र मौद्रक हिसाबले धेरै सहज अवस्था छ । मुद्रास्फीति धेरै सहज अवस्थामा रहेको र २० वर्षको औसत ७ प्रतिशत रहेकोमा ४.४ प्रतिशतको मुद्रास्फीति धेरै सहज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?