+
+

नेपाल अमेरिका फिल्म फेस्टिभलमा इरानको ‘प्रभिन’ सर्वोत्कृष्ट (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:२९

मेरिल्याण्ड (अमेरिका) । नेपाल अमेरिका फिल्म फेस्टिभलको सातौ संस्करण सम्पन्न भएको छ । चार दिनसम्म मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा चलेको फेस्टिभलमा ३५ फिल्म स्क्रिनिङ गरिएको थियो ।

नेपाली फिल्म ‘द रेड सुटकेस’ स्क्रिनिङसँगै समापन भएको फेस्टिभलको अन्तिम दिन विभिन्न फिल्मलाई पुरस्कृत गरिएको थियो । नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा भएको फेस्टिभलको मुख्य विधा ‘बेस्ट न्यारेटिभ इन्टरनेसनल’मा इरानको फिल्म ‘प्रवीण’ उत्कृष्ट बन्यो ।

जुरी संयोजकमा नेपाली फिल्ममेकर दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थियो । समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई पनि उपस्थित थिए ।

अभिनेता सुब्बाले नेपाली डायस्पोरामा नेपाली फिल्मको प्रवर्धनमा फेस्टिभल महत्वपूर्ण हुने बताए । उनले आफू सकेसम्म नियमितरुपमा फेस्टिभलमा सहभागि हुने जनाए । अभिनेता राईले आफ्नो अघिल्लो फिल्म ‘सेतो सूर्य’देखि नै फेस्टिभलमा निरन्तरता पाएको बताए ।

फेस्टिभलमा स्क्रिनिङ गरिएको पाकिस्तानी फिल्म ‘वखरी’ले निकै प्रशंसा बटुलेको छ । हत्या गरिएकी पाकिस्तानी इन्फ्लुएन्सरको कथामा आधारित यो फिल्मले पाकिस्तानमा लैंगिक अल्पसंख्यकले गर्ने संघर्षको कथा भन्छ ।

आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले फेस्टिभल उत्साहजनकरुपमा सम्पन्न भएको र आगामी वर्ष अझै सहभागितामूलक र उत्साहजनक बनाउन प्रयास हुने बताए ।

 

यस्तो छ विजेता सूची :

विद्यार्थी लक्षित खण्डतर्फ

बेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)

जुरी अवार्ड : मम्

इम्पावर्डमेन्ट अवार्ड

वखरी, पाकिस्तान

डीएमभी क्लोजअप

मेरा दादु (माई ग्रान्डपा)

डकुमेन्ट्री

अडिएन्स च्वाइस- नो मोनास्ट्री नो भिलेज

उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज

सट् फिल्म

बेस्ट सट् न्यारेटिभ : सनई
बेस्ट सट् इन्टरनेसनल : न्यान्गा

बेस्ट सट् नेपाली पानोरमा : धे ड्रीम्स

बेस्ट न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?