+
+

पुराना आयोजनामा बजेट राख्दा कुनै जिल्लामा बढी गएको हो : भौतिकमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:३७

१० असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कुनै खास जिल्लामा बजेट केन्द्रित गरिएको भन्दै सांसदहरूले उठाएको प्रश्नप्रति आफ्नो बचाउ गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले विगतमा अगाडि बढेका आयोजनामा बजेट राख्दा कुनै जिल्लामा बढी बजेट गएको तर्क गरे ।

पूर्वतयारीका आयोजनालाई मात्र बजेटमा समावेश गरिएको उनको दाबी छ ।

धनुषा, झापा, गोरखामा धेरै बजेट राखिएको भन्दै आएको प्रश्नमा उनले सांसदहरूप्रति नै प्रतिप्रश्न गरे ।

विनाआधार समाचार आएको र त्यो विवरण सही नभएको उनले तर्क गरे ।

धनुषामा ८ अर्ब भौतिकको बजेट विनियोजन भएको भन्दै उनको आलोचना भएको थियो ।

तर, उनले यो विवरण सही नभएको बताए । धनुषामा चालु आवमा ८ अर्ब गयो भन्दै संसदमा छलफल भएको थियो ।

उनले धनुषामा २ सय ६० करोड ९० लाख रुपैयाँ मात्र बजेट गएको उनले बताए । यो बजेट सडकमा मात्र नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?