+
+

पोखरा महानगरले दिवा खाजामा १० रुपैयाँ थपिदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:३४

१० असार, पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ थप गर्ने भएको छ ।

सोमबार उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको महानगरको बजेटमा दिवा खाजामा प्रतिविद्यार्थी १० रुपैयाँ थप्ने उल्लेख छ । संघीय सरकारले प्रत्येक विद्यार्थीलाई दिवा खाजावापत १५ रुपैयाँ स्थानीय तहलाई दिने गरेको छ । सो रकम स्थानीय तहले विद्यार्थी संख्याका आधारमा विद्यालयहरुलाई दिने गरेको छ । यस अनुसार पोखरा महानगरभित्रका विद्यालयले दिवा खाजावापत प्रतिविद्यार्थी २५ रुपैयाँ पाउनेछन् ।

दिवा खाजामा रकम थप्न महानगरपालिकाले ४ करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरवाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरिरहेको र सो शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि १ करोड ६५ लाख छुट्याइएको पनि उपमेयर गुरुङले बताइन् ।

बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदानतर्फ ४ करोड ७० लाख विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुकव कार्यसम्पादनका आधारमा प्रोत्साहनका लागि ८४ लाख रुपैयाँ पनि महानगरले विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?