+
+

भेट्रान धावक टोली बंगलादेश जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:४५

१० असार, काठमाडौं । अन्तर्राष्ट्रिय भेट्रान एथलेटिक्स प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय खेलाडी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

नेपालबाट धावकहरू बुद्धवीर लामा,पुष्पराज श्रेष्ठ, दीपककुमार रन्जित, धर्म महर्जन, रेवत दाहाल र लाक्पा लामा शेर्पा रहेका छन् ।

प्रतियोगिता यही जुन २७ देखि २९ सम्म हुनेछ । टोलीलाई सोमबार एक कार्यक्रमका बीच नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, गायिक कोमल ओली, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायतले  बिदाइ गरे ।

टोलीको बंगलादेश बसाइको व्यवस्थापन एथलेटिक्स संघले मिलाइ दिएको नेपाली टोलीको नेतृत्व गरेका धावक लामाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?