+
+

९३ प्रतिशत गाउँपालिकाले ल्याए बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:५५

१० असार, काठमाडौं । सोमबारसम्म ९३ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार सोमबारसम्म ४६० मध्ये ४२९ गाउँपालिकाले बजेट प्रस्तुत गरेका हुन् ।

संविधानअनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यहीअनुसार ४६० वटा गाउँपालिकाले आजसम्म नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेस गरेका छन् ।

बाँकी ३० वटा गाउँपालिकामा गाउँ सभाको अधिवेशन सुरु हुन नसकेको र एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?