+

इन्जुरी टाइममा गोल गर्दै इटली नकआउट चरणमा

२०८१ असार  ११ गते ६:३४ २०८१ असार ११ गते ६:३४
इन्जुरी टाइममा गोल गर्दै इटली नकआउट चरणमा

११ असार, काठमाडौं । माटिअ जाकाग्गीले इन्जुरी टाइमको अन्तिमममा गोल गरेपछि इटली युरो २०२४ को नकआउट चरणमा छनोट भएको छ ।

८१औं मिनेटमा माटिओ डार्मिनको स्थानमा मैदान प्रवेश गरेका जाकाग्नीले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि क्रोएसिया विरुद्ध १-१ को नाटकिय बराबरी खेल्दै इटलीले समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेन सबै ट्टीन खेल जितेर समूह बी को विजेता बनेको छ ।

इटलीका लागि नकबउट चरण पुग्न बराबरी नै पर्याप्त थियो भने क्रोएसियाका लागि जित नै आवश्यक थियो ।

लाइपजिगस्थित रेडबुल एरेनामा भएको खेलमा भेट्रान मिडफिल्डर लुका मोडरिचले ५५औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

त्यसअघि ५४औं मिनेटमा पाएको पेनाल्टीमा मोडरिचले गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार इटलीका किपर जियानलुजी डोनारुम्माले बचाएका थिए ।

क्रोएसियाले अन्तिम सम्म उक्त अग्रता कायम राख्दै जित नजिक पुगेको थियो । तर अन्तिममा सम्हालिन सकेन ।

सन् २०१८ को फिफा विश्वकपको फाइनल र २०२२ को विश्वकपको सेमिफाइनल पुगेको क्रोएसियाका लागि यो निराशाजनक नतिजा रह्यो । तीन खेलबाट क्रोएसियाको जम्मा २ अंक मात्र छ र तेस्रो स्थानमा छ । यो बराबरीले क्रोएसियाको युरो यात्रा लगभग समाप्त जस्तै भएको छ ।

क्रोएसिया पहिलो खेलमै स्पेनसँग ३-० ले पराजित भएको थियो भने अल्वानियासँग बराबरीमा रोकिएको थियो ।

तस्वीर : यूईएफए

इटली युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय