+

कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात

२०८१ असार  ११ गते ६:३८ २०८१ असार ११ गते ६:३८
कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात

११ असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।

कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।

पाराग्वेका लागि जुलियो एनसिसोले ६९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ ।

यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय