+
+

गुगल म्यापमा कुनै ठाउँ कसरी सेभ गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ८:१६

काठमाडौं । यदि कुनै ठाउँको बारेमा जानकारी लिनका लागि होस् वा कुनै ठेगाना खोज्नका लागि किन नहोस्, सबैभन्दा पहिले गुगल म्याप्सको सम्झना आउँछ । र, गुगलबाटै मानिसहरुले सजिलैसँग आफ्नो घरको ठेगाना वा आफू पुग्नुपर्ने गन्तव्य पत्ता लगाउँछन् ।

कहिलेकाहीँ यस्तो पनि हुन्छ कि मानिसहरु पहिले नै कुनै ठाउँमा गएका हुन्छन् तर त्यहाँको बाटो याद हुँदैन । यस्तोमा यदि गुगल म्याप्समा कुनै ठाउँको अवस्थितिलाई सेभ गरियो भने दोश्रोपटक त्यहाँ सजिलैसँग पुग्न सकिन्छ ।

गुगल म्याप्समा यसका लागि कुनै ठाउँको ठेगाना सेभ गर्ने फिचर रहेको छ ।

डेस्कटपमा यसरी सेभ गर्नुहोस् कुनै ठाउँको लोकेसन

कुनै ब्राउजरमा सबैभन्दा पहिले गुगल म्याप्स खोल्नुहोस् वा https://maps.google.com मा जानुहोस् ।

त्यसपछि जुन ठाउँको लोकेसन सेभ गर्न चाहनुभएको हो, उक्त ठाउँ खोज्नुहोस् र लोकेसनमा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईंले नक्सामा ठाउँको नाम क्लिक गरेर त्यसलाई मार्क गर्नुपर्ने हुन्छ ।

पप अप मेन्यूमा उक्त ठाउँको सबै जानकारी आउने छ ।

पपअप विन्डोमा उक्त ठेगानावाला ठाउँको लोकेसन सुरक्षित गर्ने विकल्प देखिनेछ, त्यसलाई सेभ गर्नुहोस् ।

त्यसपछि पहिले नै बनेको सूचि वा want to go मा गएर तपाईंले उक्त ठाउँलाई नयाँ सूचिमा जोड्न सक्नुहुन्छ ।

एन्ड्रोइड फोनमा लोकेसन सेभ गर्ने तरिका

सबैभन्दा पहिले मोबाइल फोनमा गुगल म्याप्स खोल्नुहोस् र आफूले सेभ गर्न चाहेको ठाउँ खोज्नुहोस् ।

गुगल म्याप्समा उक्त ठाउँ खोज्नुहोस् ।

त्यसपछि म्याप्समा उक्त ठाउँलाई मार्क गर्ने विकल्प देखिनेछ । त्यसो गरेपछि उक्त लोकेसनको सबै जानकारी पनि प्राप्त हुनेछ ।

त्यसपछि स्क्रिनको तल बुकमार्क आइकन तथा सेभ लोकेसनको विकल्प रहने छ ।

तपाईंले आफ्नो इच्छा अनुसार लोकेसन सेभ गर्न सक्नुहुन्छ वा कुनै नयाँ सूचिमा उक्त ठाउँको नाम जोड्न सक्नुहुन्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?