+

राष्ट्रिय जुडोमा एकै परिवारका ३ खेलाडीलाई स्वर्ण

२०८१ असार  ११ गते ७:४७ २०८१ असार ११ गते ७:४७
राष्ट्रिय जुडोमा एकै परिवारका ३ खेलाडीलाई स्वर्ण

११ असार, काठमाडौं । राष्ट्रिय जुडो प्रतियोगिताको १९औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ-आफ्नो तौल समूहमा स्वर्ण जितेका हुन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनिमा इन्द्र, ५२ केजीमुनिमा देवकी र ४८ केजीमुनिमा निशाले स्वर्ण जिते ।

इन्द्र नेपाल प्रहरी तथा देवकी र निशाले बागमती प्रदेशबाट खेलेको थिए ।

तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । इन्द्र र देवकीले १९औं एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी ८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन  बन्यो । बागमती ३ स्वर्ण, २ रजत र ३ कांस्यका साथ दोस्रो भयो । तेस्रो स्थानको नेपाल आर्मीले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पार्‍यो ।

१४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपीएफ क्लबले बाँकी १ स्वर्ण हासिल गर्‍यो । चौथो भएको एपीएफले १ रजत र ४ कांस्य पनि जित्यो ।

प्रतियोगितामा सात प्रदेश र ३ विगभाीय गरी १० टिम सहभागी थिए ।

जुडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय