+

अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

२०८१ असार  ११ गते ७:५६ २०८१ असार ११ गते ७:५६
अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

११ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।

अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

यो सुपर-८ को अन्तिम खेल हो । यो समूहबाट इन्डिया सेमिफाइनल पुगिसकेको छ । यदि आजको खेल जितेमा अफगानिस्तान अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनल पुग्नेछ ।

अर्को समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

 

अफगानिस्तान टी-२० विश्वकप बंगलादेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय