+
+

बाढी आएपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ९:३७

११ असार, काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।

वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् ।

गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् ।

साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।

पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?