+
+

अमेरिकी डलर घट्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ९:२९

११ असार, काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ केही घटेको छ । राष्ट्र बैंकले यस दिनका लागि डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८४ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २४ पैसा तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा कम हो ।

त्यस्तै साउदी अरेबियन रियालको ३५ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर मूल्य ३५ रुपैयाँ ६८ पैसा तोकिएको छ । कतारी रियालको खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा तथा बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यूएई दिरामको खरिददर मूल्य ३६ रुपैयाँ २८ पैसा तथा बिक्रीदर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकेको छ । रियाल र दिरामको भाउ अघिल्लो दिनको तुलनामा ३ पैसा घटेको हो ।

मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २८ पैसा तथा बिक्रीदर मूल्य २८ रुपैयाँ ४१ पैसा तोकेको छ । रिंगिटको भाउ अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?