
११ असार,काठमाडौं । नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै आजको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थिति हुन अपिल गरिएको बताए ।
आज बिहान ११ बजेदेखि प्रतिनिधि सभा बस्दैछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएपछि निर्णायर्थ पेस हुने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4