+
+

बजेटमा पंचायतकालीन विरासत तोड्न सकिएन : भीमप्रसाद आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:०१

११ असार, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् ।

क्रान्ति गरेर आएको शक्ति र नयाँ भनिएको शक्तिललले समेत पंचायतकालीन विरासत तोड्ने हिम्मत गर्न नसकेको र बजेट वितरणमा असहानातालाई निरन्तरता दिएको उनको टिप्पणी छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले बजेटमाथि अर्थहीन छलफल लामो हुने गरेको बताए ।

‘हामी जेठ १५ गते बजेट आएपछि लगातार यसमा छलफल गरिरहेका छौं । तर, म कहिलेकाहीँ सोच्छु-यसले हामीलाई पुर्‍याउँछ कहाँ ? यत्रो लामो छलफल बहस गरेपछि पुगिन्छ कहाँ ? हुन्छ के ?’ उनी भन्छन्, ‘बजेटमा परिवर्तन हुन्छ कि हुँदैन केही कुराहरु ? असन्तुलित बजेट काहीँ अबौं अर्बको बजेट काहीँ जिरो बजेटको अवस्थामा परिवर्तन आउछ कि आउँदैन ?’

बजेटमा परिवर्तन नआउने हो भने छलफलको कुनै औचित्य नरहेको उनले बताए । ‘यदि बजेटमा आउँदैन भने हामी यो पंचायती कालदेखि यस्तै छलफल गर्ने र यस्तै निष्कर्ष निकाल्ने विरासत बोकेर हिडिँरहेका छौं,’ उनले सरकारको ध्यानाकर्षण गरे ।

पंचायतकालीन विरासत तोड्ने हिम्मत कसैले नगरेको उनको गुनासो छ ।

‘यहाँ क्रान्ति गरेर आका ठूलठूला क्रान्तिकारीहरू पनि यहाँ छौं, नयाँ भनेर नयाँको ट्याग लगाएर आएका पनि छौं भनेसी त्यही पंचायतकालको विरासत लिएर बजेटमा छलफल गर्ने, बसह गर्ने, तर्क गर्ने र उही अन्तमा जे आएका छ काहीँ अबौं अर्ब र काहीँ जिरो बजेटलाई हुन्छ हुँदैन भनेर पारित गर्ने कुरामा परिवर्तन आवश्यक छ’ सांसद आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?