+
+

धितोपत्र बोर्ड अध्यक्षमा महान्यायाधिवक्ताको सुझाव : कम्तीमा ३ जना सिफारिस गर्नैपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ११:४१

११ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेबारे समितिले महान्याधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव  दिएको स्रोतले जनाएको छ ।

कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

त्यस्तै पुन: सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका क्रममा सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नै दिएनन् । २ जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?