+
+

कंगनाको फिल्म ‘इमर्जेन्सी’ सेम्टेम्बर ६ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:२९

काठमाडौं । सांसद बनेपछि बलिउड अभिनेत्री कंगना रनौत आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् । उनको आगामी फिल्म ‘इमर्जेन्सी’ लामो समयदेखि चर्चामा छ । फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन् ।

तर यो फिल्मको रिलिज मिति तीन पटक सरिसकेको छ । अब फेरि यो फिल्मको नयाँ रिलिज मिति घोषणा गरिएको छ । ‘इमर्जेन्सी’ अब आगामी सेप्टेम्बरमा प्रदर्शन हुने भएको छ ।

कंगनाले सामाजिक सञ्जालमार्फत फिल्म रिलिजबारे घोषणा गरेकी छन् ।  यो फिल्म सेप्टेम्बर ६ देखि सिनेमा हलमा प्रदर्शन हुनेछ । फिल्मबारे कंगना रनौतले भनिन्, ‘म विलियम शेक्सपियरको म्याकबेथबाट प्रेरित हुँ । इमर्जेन्सीको सार नैतिक अवरोधहरूले महत्वाकांक्षालाई अनचेक गरेमा हुने विनाश हो, यो नि:सन्देह भारतीय लोकतन्त्रको सबैभन्दा सनसनीपूर्ण अध्याय हो । म यसको लागि उत्सुकतापूर्वक पर्खिरहेको छु । ६ सेप्टेम्बर २०२४ मा विश्वव्यापी रिलिज ।’

कंगनाको यो बहुप्रतीक्षित फिल्म यसअघि १४ जुनमा रिलिज हुने तय भएको थियो । यसअघि फिल्म २४ नोभेम्बर २०२३ मा रिलिज हुने तय भएको थियो । तर तालिका परिवर्तनका कारण स्थगित भएको थियो ।

फिल्म भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित छ, जसको भूमिका कंगनाले गरेकी छन् । फिल्ममा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे, विशाक नय्यर र सतीश कौशिक लगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा कंगनाले नै लेखेकी हुन् भने पटकथा रितेश शाहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?