+
+

भारत भ्रमणमा जानु अघिल्लो दिन राजदूत फिर्ता हुनु संयोग हो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:५१

१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जानु अघिल्लो दिन राजदूत फिर्ताको निर्णय हुनु संयोग मात्रै भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले फिर्ता बोलाएको राजदूतसँगै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भेटघाट गरेको भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसलाई संयोग मात्रै भनेका हुन् ।

‘प्रधानमन्त्री भारत भ्रमणमै जाने दिन भारतको राजदूतलाई पनि फिर्ता बोलाउने निर्णय नगरेको भए हुन्थ्यो भन्ने तर्क त छ । यो तर्कलाई त म मान्छु तर त्यो नियोजित भने विलकुल होइन, यो संयोग मात्रै हो’, प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?