
१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बिआरआई कार्यान्वयनमा छिट्टै सम्झौता हुने बताए ।
‘बिआरआईलाई अगाडि बढाउने योजनालाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । अब यो प्लानलाइ अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई लाग्छ छिट्टै यो विषयमा सहमति हुन्छ ।’
सम्झौता गर्दा आफूहरुले अनुदामै जोड दिइने बताए । पहिलो प्राथमिकतामा अनुदान नै हुने उनले बताए ।
दोस्रो प्राथमिकतामा मात्रै ऋण पर्ने र तयो पनि सहुलियत ब्याजमा मात्रै हुने उनको भनाइ छ । उनी अगाडि भन्छन्, ‘ऋणको माखो साङ्लोमा नपर्ने गरी यो अगाडि बढाउँछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4