+
+

मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

हरि अधिकारी हरि अधिकारी
२०८१ असार ११ गते १३:४४
फाइल तस्वीर

११ असार, विराटनगर । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।

सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।

बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।

दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?