+
+

मोरङमा विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १४:०१
फाइल तस्वीर

११ असार, विराटनगर । विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।

मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।

विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।

बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

याङ्शीलाबाट स्कु पुग्न करिब १ घण्टा लाग्छ । विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकै पटक बाढी आएको खोलामा छिरेका थिए। एक जना साथीलाई बाढीले बगाएको थियो, अरु विद्यार्थी बाहिर निस्कीएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?