+
+

रास्वपालाई सभापति जोगाउने चिन्तामात्रै छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १५:४९

११ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट जोगाउने चिन्तामात्रै रहेको बताएका छन् ।

सरकार सिंगो अस्तित्वमा नदेखिएर अंश अंशमा देखिएको उल्लेख गर्दै उनले खण्ड खण्डको चिन्ता रहेको टिप्पणी गरे । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनमा मंगलबार बोल्दै उनले भने, ‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने । एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

नेकपा एमालेलाई परेको चिन्तामा गिरीबन्धु टी–इस्टेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउनुमा रहेको शर्माले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार जोगाउने संख्याको चिन्तामात्रै रहेको शर्माले बताए ।

‘प्रधानमन्त्रीको पद शानदार पद हो । शानदार मात्रै होइन दमदार पद पनि हो, भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ,’ शर्माले भने । प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्ने अवस्थामा समेत नरहेको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?