
११ असार, काठमाडौं। ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी छन् ।
कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्याएका थिए ।
उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4