+
+

चिकित्सा शिक्षाको कुन विषय पढ्न कति शुल्क ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १७:२५

११ असार, काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले एक सूचना जारी गरी चिकित्सा शिक्षाका विभिन्न विषयमा हाल प्रचलित शुल्कबारे जानकारी दिएको छ ।

आयोगका उपसचिव टीकारम शर्माले जारी गरेको सूचना अनुसार एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क कायम छ ।

त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार  छ ।

हेर्नुहोस् चिकित्सा शिक्षाको शुल्क :

*यसअघिको समाचारमा चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण भनी भुलवश उल्लेख भएकाले सच्याएका छौं । यो शुल्क हाल प्रचलित शुल्क नै रहेको जानकारी गराउछौं । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?