+

लगातार २ खेल जित्दै सुदूरपश्चिम सेमिफाइनलमा

२०८१ असार  ११ गते १८:०७ २०८१ असार ११ गते १८:०७
लगातार २ खेल जित्दै सुदूरपश्चिम सेमिफाइनलमा

११ असार, काठमाडौं । पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार २ खेल जित्दै समूह ए बाट सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वस्थित कभर्ड हलमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–२१, २५–२७, २५–१८ र २५–१३ ले पराजित गरेको हो ।

मधेशमाथि ३–१ को जित हात पार्दै सुदूरपश्चिमले सेमिफाइनल यात्रा तय गरेको हो ।

पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३–१ ले हराएको थियो । मधेशको भने यो दोस्रो हार हो ।

पहिलो खेलमा बागमती प्रदेशसँग ३–१ ले हारेको मधेशको नतिजा दोस्रो खेलमा पनि उही रह्यो । आजको महिलातर्फको खेलमा दुई खेल जित्दै कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

त्यस्तै अर्को खेलमा गण्डकीले सुदूरपश्चिमको महिला टिमलाई ३–१ ले हराएको हो । आजको अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र कोशी प्रदेशबीच भइरहेको छ ।

भलिबल सुदूरपश्चिम प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय