+

सहाना प्रधान यू १९ भलिबलमा गण्डकीको शानदार सुरुवात

२०८१ असार  ११ गते १८:४५ २०८१ असार ११ गते १८:४५
सहाना प्रधान यू १९ भलिबलमा गण्डकीको शानदार सुरुवात

११ असार, काठमाडौं । कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले पहिलो सहाना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

कोशीलाई २५–१९, २५–१९ र २५–१८ मा पराजित गर्दै गण्डकीको पुरुष टिमले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

गण्डकीले तीनै सेटमा कोशीलाई २० भन्दा कम अंकमा समेट्यो । कोशीको भने यो पहिलो हार हो । कोशीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–२ ले पराजित गरेको थियो ।

आज महिलातर्फको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ यसअघि सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ३–१ पराजित गरेको छ ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय