+

पारा तथा विशेष खेलकुद सुरु, १३ खेलको प्रतिस्पर्धा हुने

२०८१ असार  ११ गते १८:५५ २०८१ असार ११ गते १८:५५
पारा तथा विशेष खेलकुद सुरु, १३ खेलको प्रतिस्पर्धा हुने

११ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा पारा खेल संघहरूको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ ।

फरक क्षमता भएका खेलाडीहरूको प्रतिभाको खोजी गर्ने उद्देश्यले १३ खेलको प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।

सरकारले पारा खेलकुदलाई उच्च महत्त्व दिएको भन्दै सदस्य–सचिव घिसिङले दशौँ राष्ट्रिय खेलुकदपछि आगामी मंसिर १८ गतेदेखि २१ गतेसम्म सुर्खेतमा प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने जानकारी पनि दिए ।

कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद गर्न सरकारले बजेटसमेत विनियोजन गरेको सदस्य–सचिव घिसिङले बताए । पारा खेलकुदभित्र केही विवाद रहेको भन्दै सदस्य सचिव घिसिङले अब छिट्टै समस्या समाधानका लागि राखेपले ठोस पहल गर्ने पनि बताए ।

नेपालमा अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त पारा ओलम्पिक कमिटी र राष्ट्रिय मान्यता प्राप्त पारा ओलम्पिक कमिटी रहेकोले विवाद देखिंदै आएको छ ।

हरेक खेलको आयोजना सम्बन्धित संघले औपचारिक उद्घाटन भएको १५ दिन भित्र प्रतियोगिता सम्पन्न गर्ने प्रतियोगिता संयोजक एवं परिषद्की सदस्य पेमा डोल्मा लामाले जानकारी दिए ।

पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एटलेटिक्स, स्पाइनल कर्ड इन्जुरी, बोसिया, नेत्रहीन क्रिकेट, पारा साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन खेलकुद, पारा जुडो, दुष्टिविहीन टेबलटेनिस, शारीरिक अपांगता टेबुल टेनिस, पारा पौडी, पारा भारोत्तोलन, बहिरा खेलकुद प्रतियोगिता हुनेछ ।

राखेप विशेष खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय