+
+

तेहरानबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १९:१३

११ असार, काठमाडौं। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानको तहरानमा भएको एसियाली सहयोग संगठन (एसीडी)को १९औ बैठकमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार तेहरान परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गरेको बताए ।

उनले भने, ‘नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मूलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन र वर्तमान परिप्रेक्ष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, उर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरुको सामुहिक रूपमा सामना गर्नका लागि उक्त वैठकले महत्वपूर्ण योगदान पुर्याएको छ भन्नेमा म विश्वस्त छु। ‘

मंगलबार त्रिभुवन विमानस्थलमा आयोगजित पत्रकार सम्‍मेलनमा उनले आफ्नो तेहरान भ्रमण सफल भएको बताए । साथै आफूले  बैठकमा एसीडी सदस्य राष्ट्रका मन्त्रीहरुसँग भेटवार्ता गरेको मन्त्री श्रेष्ठले पत्रकार सम्‍मेलनमा जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?