
११ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भरतपुर विमानस्थलको स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।
यस विमानस्थलको स्तरोन्नतिपछि कनेक्टिभिटी सुलभ हुने उनको भनाइ छ ।
चितवनमा होटल मुनाल एन्ड मयुरको उद्घाटन गर्दै उनले नयाँ टर्मिनल भवन बनिरहेको र स्तरोन्नतिको काम छिट्टै सकिने बताए ।
भरतपुरमा श्री एयरलाइन्सले उडान सुरु गर्न लागेको र त्यसले हवाई सेवमा समेत प्रतिस्पर्धा हुने उनले बताए । यहाँ अहिले बुद्ध एयरको मात्र उडान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4