+
+

लगानी सहजीकरण सम्बन्धी विधेयक संशोधनका लागि खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १९:५५

११ असार, काठमाडौं । लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि संशोधनका लागि समय खुला भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ । योसँगै लगानी सहजीकरण सम्बन्धी विधेयक संशोधनका लागि समय खुला भएको हो ।

सभामुख देवराज घिमिरेले ७२ घण्टाभित्र सांसदहरूले संशोधनको सूचना दिन सक्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?