+

फुटबलका पूर्वखेलाडी, प्रशिक्षक र रेफ्री सम्मानित

२०८१ असार  ११ गते २१:०४ २०८१ असार ११ गते २१:०४
फुटबलका पूर्वखेलाडी, प्रशिक्षक र रेफ्री सम्मानित

११ असार, काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ । मिसनले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय टिमबाट फुटबल खेलेका ६० पुरुष र २५ महिला खेलाडीलाई सम्मान गरेको हो ।

नेपालका लागि सन् १९७७ देखि १९८८ सम्म खेलेका खेलाडीहरु सम्मानित भएका छन् ।

पुरुषतर्फ अजर अधिकारी, अजर मानन्धर, अनिल रुपाखेती, अनिल श्रेष्ठ, अन्जित बस्नेत, बरुण मानन्धर, बसन्त लामा, भकत् राज राजकर्णिकार, विदुर विष्ट, विज्ञान राज शर्मा, विनय श्रेष्ठ, विनोद अधिकारी, विनोद खरेल, विराट जंग रायमाजी, बिरु राई, चंगेशलाल श्रेष्ठ, दिपक बज्राचार्य सम्मानित भएका छन् ।

त्यस्तै देवेन्द्र मान सिंह बस्नेत, धिरेन्द्र प्रधान, गणेश पाण्डे, गणेश थापा, गोपाल श्रेष्ठ, ज्ञानु राजा श्रेष्ठ, इन्दु रसाइली, जीवन बल लामा, जीवन श्रेष्ठ, केदार मानन्धर, किरण राई, कृष्ण बहादुर थापा,ललित थापा, मान बहादुर मल्ल सम्मानित भएका छन् ।

सम्मानित हुने अन्य खेलाडीमा मिलन हाडा, मोहन शाही, मनोज बस्नेत, मृगेन्द्र प्रसाद मिश्र, मुकेश शाही, नरेन्द्र श्रेष्ठ, पवन राना मगर, पवन श्रेष्ठ, प्रकाश नेपाली, प्रताप मान श्रेष्ठ, प्रविन लामा, पुनम थापा, पुरुषोत्तम श्रेष्ठ, पुष्प महर्जन, रवि सिंह महत रहेका छन् ।

त्यस्तै राजेश मानन्धर, राजेश मास्के, राजु काजी शाक्य, राजु मान तुलाधर, राजु मानन्धर, राजु थापा, राम दर्शन गुरुङ, राम दर्शन श्रेष्ठ, रितु शाक्य, सुरेन्द्र शिखाकार, सुरेश बस्नेत, उमेश प्रधान, भिक्टोर जंग बहादुर राणा र याम बहादुर घले पनि सम्मानित भएका छन् ।

यसैगरी महिलातर्फ नेपालको पहिलो कप्तान रमा सिंह, अरुणा गुरुङ, भगवती थापा, दिपा बागदास, गीता गुरुङ, इतु गुरुङ, जमुना पाण्डे, जुन खड्का, कल्पना शर्मा, कमला हिराचन, किरण बज्राचार्य सम्मानित भएका छन् ।

त्यस्तै लिला राना, लक्की गुरुङ, मन्जु श्रेष्ठ, मिरा चौधरी, मोट्टी कला गुरुङ, मुना श्रेष्ठ, नन्दा गुरुङ, रुपा कुथु, सविता राई, संगिता रावत, सरिता श्रेष्ठ, शोभा गुरुङ, सीता गुरुङ र सीता राई सम्मानित भएका थिए ।

यस्तै फुटबलर्स मिसनले रेफ्रीहरु गोपाल श्रेष्ठ र मथुरा मान श्रेष्ठ, प्रशिक्षक धन बहादुर थापा र शिव भक्त श्रेष्ठ, मिडियातर्फ श्याम चित्रकार र नेपाल खेदकुद पत्रकार मञ्चलाई पनि सम्मान गरेको हो ।

यसैगरी निधन भइसकेका खेलाडीहरु बिना सुब्बा, शम्भु बुढाथोकी, राम विश्वास चौधरी, लोक बहादुर शाही, नन्द कला थापा, नानी गुरुङ र निधन भएका रेफ्रीद्वय विक्रम चौधरी र लव खत्रीलाई पनि सम्मान गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्य, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले पूर्व खेलाडीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष नेम्वाङले राज्य र एन्फाले गर्नुपर्ने काम फुटबलर्स मिसन टुगेदरले गरेको भन्दै धन्यवाद दिए । नेम्वाङले फुटबलर्स मिसनको एकता उदाहरणीय रहेको भन्दै एन्फामा पनि त्यस्तै एकता भए फुटबल विकास गर्न सकिने पनि बताए ।

उनले अब फुटेर होइन जुटेर सबै नेपाली फुटबलको विकासमा लाग्नुपर्ने बताए ।

खेलाडी सम्मानित फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय