
काठमाडौं । टेलिभिजन टक शोलाई लिएर भैरहेको विवादमा अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले माफी मागेका छन् । सामाजिक संजालबाट चर्को विरोध भएपछि दुबैले इन्स्टाग्रामबाट माफी मागेका हुन् । स्वस्तिमाले जसिता गुरुङको पोस्टको कमेन्टमा माफी मागेकी हुन् भने साम्राज्ञीले स्टोरीबाट ।
माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्याएकोमा माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो । तपाईं मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो । फेरि पनि म माफी चाहन्छु ।’
साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा स्थितिमा राखिएको थियो । हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ । कुनै पनि तरिकाले तिमीलाई धम्क्याउने कोसिस पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पु¥याएकोमा माफी माग्न चाहन्छु ।’
यसैसाता एक टेलिभिजनको टक शोमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाह अतिथिको रुपमा पुगेका थिए । ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु पनि गरिएको थियो ।
यो विवादमा अनमोल र जसितासहितका कलाकारले प्रतिक्रिया दिइसकेका छन् ।
यसैबीच, पूर्वमिस नेपाल अस्मी श्रेष्ठले पनि इन्स्टाग्रामबाट उक्त टक शोलाई लिएर आपत्ति व्यक्त गरेकी छन् । टक शोमा आफूबारे लक्षित टिप्पणीलाई पनि उनले अस्वीकार गरेकी छन् ।
प्रतिक्रिया 4