+
+

‘यो मन त मेरो नेपाली हो’को छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ०:३८

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सकिएको छ । ‘आँखै रसिलो’ बोलको गीत छायांकनसँगै फिल्मको सेड्युल टुंगिएको हो ।

‘भ्वाइस अफ नेपाल’को स्टुडियो र बालाजु ल्याबमा गीतको छायांकन गरिएको थियो । ‘आँखै रसिलो’ गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । अस्मिता अधिकारी र सविन सुवेदीले स्वर दिएका छन् ।

गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की ,नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।

अमेरिकामा समेत फिल्म छायांकन गरिएको थियो । यसबाहेक फिल्मलाई नेपालको झापा, इलाम र भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल लगायतका थलोमा समेत छायांकन गरिएको छ ।

फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका मुलुकका कलाकारको अभिनय छ । यो फिल्मको निर्देशक मित्र प्रधान हुन् ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भन्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय छ । फिल्मले विदेशमा नेपाली भाषीले भाषा, साहित्य, कलाको संवद्र्धन र प्रवद्र्धनको लागि गर्ने संघर्षको कथा पेश गर्छ । शिवम अधिकारी यसका लेखक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?