+
+

६० वर्षको उमेरमा तेस्रो विवाह गर्दै हलिउड अभिनेता ब्राड पिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १:४१

काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले पुनः विवाह गर्न सक्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । विवरणअनुसार, उनी प्रेमिका इनेस डे रामोनसँग धेरै खुसी छन् र उनैसँग विवाह गर्न उत्साहित छन् ।

उनीहरुले सँगै परिवार सुरु गर्ने कुराको चर्चा पनि छ । उनले विवाहको निर्णय यतिबेला लिन लागेका हुन् जतिबेला पूर्वपत्नी एन्जेलिना जोलीका सबै छोराछोरीले एक एक गरेर आफ्नो थर (पिट) छोड्न थाले ।

पिट र इनेस डे रेमन एक वर्षभन्दा बढी समयदेखि डेटिङ गरिरहेका छन् । उनीहरु लिभ-इन रिलेसनसिपमा पनि बस्न थालेको दाबी गरिएको छ । अहिले ६० वर्षीय हलिउड स्टारले तेस्रो विवाह गर्ने सोचमा रहेको दाबी गरेका छन् । त्यो पनि चाँडै ।

स्रोतले ‘लाइफ एन्ड स्टाइल’लाई भन्यो, ‘यहाँ यस्ता केही हल्ला चलिरहेका छन् कि ब्राड पिट यस गर्मी याममा प्रस्ताव गर्ने योजनामा छन् । यो कुनै पनि समय हुन सक्छ । वास्तवमा, ब्राड कुनै समय प्रस्ताव गर्न तयार छन् । उनी इनिससँग धेरै खुसी छन् ।’

ब्राड पिटले सन् २००० मा जेनिफर एनिस्टनसँग विवाह गरे, जसलाई तपाईंले सिरियल ‘फ्रेन्ड्स’मा रेचेलको भूमिकामा देख्नुभएको थियो । सन् २००४ मा ‘मिस्टर एन्ड मिसेस स्मिथ’को सुटिङका क्रममा ब्राड एन्जेलिना जोलीसँग प्रेममा परेका थिए । उनले सन् २००५ मा पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?