+

नेदरल्याण्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता

२०८१ असार  १२ गते ७:०९ २०८१ असार १२ गते ७:०९
नेदरल्याण्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता

१२ असार, काठमाडौं । नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अष्ट्रिया समूह डी को विजेता बनेर युरो २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति बर्निलस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा मार्सेस बितजरले ८०औं मिनेटमा निर्णायक गोल गर्दै अष्ट्रियालाई सानदार जित दिलाए । अष्ट्रियाले फ्रान्स र नेदरल्याण्ड्सलाई पछि पार्दै समूह विजेता बन्यो ।

खेलको छैटौं मिनेटमै डोभयन मालेनले आत्मघाती गोल गरेपछि अष्ट्रियाले पहिले अग्रता लिएको थियो ।

कोडी गाक्पोले ४७औं मिनेटमा नेदरल्याण्ड्सका लागि बराबरी गोल गरे ।

५९औं रोमानो स्मिडले गोल गर्दै फेरि अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ७५औं मिनेटमा नेदरल्याण्ड्सका मेम्पिस डिपाएले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

रोमाञ्चक खेलमा सबितजरले खेल सकिन १० मिनेट बाँकी छँदा गोल गर्दै फेरि अष्ट्रियलाई अग्रता दिलाए । यस पटक भने अष्ट्रियाले उक्त अग्रतालाई कायम राख्दै जित निकाल्यो ।

दुई जित र एक हारबाट अष्ट्रिया ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रह्यो । एक जित र दुई बराबरी खेलेको फ्रान्स ५ अंकसहित समूह उपविजेता बन्दा एक जित एक बराबरी र एक हारबाट नेदरल्याण्ड्स ४ अंकसहित तेस्रो भयो ।

अष्ट्रियासँग पराजित भएपनि नेदरल्याण्ड्स तेस्रो हुने टिमहरुमध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको छ ।

तीन खेलबाट जम्मा १ अंक जोडेको पोल्याण्ड समूह चरणबाटै बाहिरियो ।

तस्वीर : यूईएफए ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय