+

समूह सी को दुवै खेल बराबरी हुँदा ३ टोली नकआउट चरणमा

२०८१ असार  १२ गते ७:४० २०८१ असार १२ गते ७:४०
समूह सी को दुवै खेल बराबरी हुँदा ३ टोली नकआउट चरणमा

१२ असार, काठमाडौं । युरो २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् ।

समूह सीअन्तरग्त मंगलबार राति भएको इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाबीचको दुवै खेल गोलरहित बराबरीमा सकिएका हुन् ।

दुवै खेल बराबरी हुँदा समूह सी बाट तीन टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।

यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्ल्याण्ड ५ अंक जोडेर समूह विजेता बन्यो । यस्तै ३ अंक जोडेको डेनमार्क समूह उपविजेता बन्दा ३ अंक नै जोडेको स्लोभेनिया तेस्रो मध्ये उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा पुगेको छ ।

इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया तीनै टोली अपराजित छन् । २ अंक जोडेको सर्बिया अन्तिममा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय