+

कोपा अमेरिकामा क्यानडाको पहिलो जित

२०८१ असार  १२ गते ७:४३ २०८१ असार १२ गते ७:४३
कोपा अमेरिकामा क्यानडाको पहिलो जित

१२ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा क्यानडाले दश खेलाडीमा समेटिएको  पेरुलाई १-० ले पराजित गरेको छ ।

पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित समेत हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो ।

कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे ।

त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले रातो कार्ड पाउँदा पेरु दश खेलाडीमा समेटिएको थियो ।

जितपछि क्यानडा दुई खेलबाट ३ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा छ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय