+
+

रास्वपा प्युठानका संयोजकले दिए राजीनामा, भन्छन्– आसन र भाषणमा मात्रै रमाउन मनले मानेन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ८:०४

१२ असार, प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’

यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिएको तर आफूले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न नसकेको सुवेदीले बताएका छन् । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले लेखेका छन्, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको पनि उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?