+

लगातार २ खेल जित्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

२०८१ असार  १२ गते ९:२८ २०८१ असार १२ गते ९:२८
लगातार २ खेल जित्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

१२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।

लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्‍यो ।

न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए ।

यसअघि अर्जेन्टिनालाई क्यानडालाई पहिलो खेलमा पराजित गरेको थियो ।

अर्जेन्टिनाले अब समूहको अन्तिम खेल पेरुसँग खेल्नेछ । समूह ए कै अर्को खेलमा क्यानडाले पेरुलाई हराएर पहिलो जित निकालेको छ ।

क्यानडा ३ अंकसहित समूहको दोस्रो स्थानमा छ । चिली र पेरुको समान एक अंक छ ।

अर्जेन्टिना कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय