+
+

लमजुङ पहिरो अपडेट : बेपत्ता ४ जनामध्ये एक जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १०:१०
Photo Credit : RSS

१२ असार, काठमाडौं । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । अन्य तीन जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनुहरूमा  ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया इच्छा गुरुङ रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खोजीका लागि खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?