+
+
चिनियाँ उपविदेशमन्त्रीको नेपाल भ्रमण :

बीआरआई कार्यान्वयन योजना दस्तावेजमा भएन हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १६:०७

१२ असार, काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन ।

सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि सहमति जुट्न सकेन ।

केही विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रुप पाउन नसकेको स्रोतले बतायो ।

नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म कुनै पनि परियोजना ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?